३ श्रावण २०८३, आईतवार

 

अशोक लेलैण्डको दोस्त प्लस को सफ्ट लन्च अब सितापाईलामा

काठमाडाैं। आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १दशमलव ५ टन क्षमता रहेको दोस्त प्लस  सितापाईला पार्टी प्यालेसमा एक औपचारीक कार्यक्रम मार्फत लन्च भएकाे छ ।

उक्त कार्यक्रममा आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रा.लि.का शुशील थापाले जानकारी दिए । उनले भने–अशोक लेलैण्डमा गरेका लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ ।  ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहन उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung