काठमाडौँ । सरकारले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमलाई थप ८ अर्ब वजेट सहित निरन्तरता दिनेभएको छ । साथै एक वर्षभित्रै फलफुल बाली लगाएको क्षेत्र दोब्बर बनाउने योजना बजेट मार्फत सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै फलफूल बाली लगाईएको क्षेत्रफल दोब्बर बनाउन लागिएको बताएका हुन्। त्यसका लागि सबै जिल्लामा फलफूलका बिरुबा अनुदानमा बाँढिने छ।
सरकारले कृषि क्षेत्रका लागि कुल ३८ अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । परियोजनाका लागि थप ८ अर्व विनियोजन गरिएको भएपनि विगतमा उक्त कार्यक्रम कर्मचारी र पार्टी निकट कार्यकर्ताले मात्र उपयोग गरेर बजेट दुरुपयोग गर्दै आएका छन् ।


















































































































































































































