काठमाडौं । पश्चिमी वायुको प्रभावले शुक्रबार (आज) काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वमा बनेको न्यून चापीय रेखा र प्री–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्। सामान्यतया प्री–मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



















































































































































































