३१ बैशाख २०८२, बुधबार

 

सुन अहिलेसम्मकै महँगो, मूल्य कति ?

नेपालको इतिहासमै सुनको भाउ सबैभन्दा बढी भएको छ । बिहीबार तोलामा ६४ हजार पुगेर नयाँ रेकर्ड कायम भएको हो । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यसअघि सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँतलमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो। अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३८१ डलर पुगेको छ। बिहीबार पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung