१५ कार्तिक २०८३, शनिबार

 

जिप दुर्घटना : ५ को मृत्यु, १० घाइते

जिल्लाको गल्छी गाँउपालिका – ६ बाँझगाउँमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा पाँचको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

बैरेनी बजार जाँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ पल्टिदा उक्त दुर्घटना भएको हो ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको –६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं ४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेलाई स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं ल्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung