१४ कार्तिक २०८३, शुक्रबार

 

रोटरी अवार्ड प्रदान

- किरणलाल श्रेष्ठ नयाँ डिस्ट्रिक्ट गभर्नर

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको रोटा वर्ष २०१८–१९ को डिस्ट्रिक्ट अवार्ड कार्यक्रम सम्पन्न भएको छ । राजधानीको सोल्टी होटलमा आयोजित समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

टीआरएफ अवार्ड, भोकेसनल अवार्ड, बेस्ट प्रेसिडेन्ट रिजन २ अवार्ड रोटरी क्लब अफ त्रिपुरेश्वरले हासिल गरेको छ । त्यस्तै बेस्ट प्रेसिडेन्ट अफ द इयर अवार्ड रोटरी क्लब अफ बुटवलका गत रोटरी वर्षका अध्यक्ष नारायणप्रसाद पन्थी, बेस्ट क्लब अफ त इयर रोटरी क्लब धुलिखेलले जितेका छन् ।

बेस्ट सिग्नेजर प्रोजेक्ट अवार्ड नारायणी मिडटाउनले पोल्टामा पारेको छ । समारोहमा एक वर्षको अवधिमा विभिन्न विधामा उत्कृष्ट काम गर्न सफल रोटरी क्लबहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा गत वर्षका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने रोटरी क्लब, डिस्ट्रिक्ट अफिसियललगायत सबैमा आभार प्रकट गरेका थिए । जुन १ बाट रोटरीको नयाँ रोटा वर्ष २०१९–२० आरम्भ भएको छ । यो वर्षका लागि किरणलाल श्रेष्ठ नयाँ डिस्ट्रिक्ट गभर्नर चयन भएका छन् ।

      

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung