१५ कार्तिक २०८३, शनिबार

 

तुरतुरे स्थानबाट यात्रा गर्दै हुनुहुन्छ ? सजग हुनुहोस्

वर्खा याम शुरु भएको छ । वर्षायाम शुरुभएपछि विभिन्न विपत्तिहरु आइपर्छन । त्यसमा हामीले सजकता अपनाउनुपर्छ । यदी सजकता अपानाइएन भने दुर्घटना हुनसक्छ । मनसुन शुरु भएसँगै पश्चिम नेपालमा पहिरोको जोखिम बढेको पाइएको छ । विकास निर्माणका नाममा गाउँगाउँ भित्रिएका डोजरले जथाभावी सडक खन्दा पश्चिम नेपाल पहिरोको जोखिममा परेको हो ।

वातावरणीय मूल्यांकन विना नै विकास निर्माणका लागि भन्दै जथाभावी खनेको सडक नै पहिरोको मुख्य कारकका रूपमा देखिएको भूगर्भविद्हरूले बताएका छन् । ‘नेपालको पश्चिमी क्षेत्रमा यस वर्ष मनसुनी वर्षा बढी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । योसँगै पश्चिम नेपालका जिल्लाहरु अलि बढी जोखिम मानिएको छ ।

गत वर्ष मात्रै पहिरोले विपत्ति निम्ताएको बागलुङको बाडिगाड र ढोरपाटनको सिमाना गएको पहिरो र त्यसबाट बनेको ताल । अहिले फेरि त्यस प्रकारको विपत्ति आउने हो कि भन्ने डरमा छन् । तटिय स्थानीयहरु ।  वर्खा याम शुरु भएसँगै ताल फुटेर वा थप पहिरो खसेर हुने विपत्तिप्रति त्यस क्षेत्रका स्थानीय चिन्तीत छन् । शुक्रबार परेको पानीले त्यहाँका स्थानीयलाई सोचको विषय बनाएको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजासहितको टोलीले आज त्यसस्थानमा अनुगमन गरेको छ ।  अनुगमनका क्रममा मध्यपहाडि लोकमार्गको सडक जोखिममा रहेपनि ताल भने फुट्ने सम्भावना कमै रहेको गाउँपालिका अध्यक्ष पाइजाले नयाँ विश्वलाई जानकारी दिए । उनका अनुसार सम्भावित जोखिमका विषयमा आइतबार ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका बसेर छलफल गर्ने भएको छ ।तत्कालै विपत्त जोखिम नदेखिएपनि तटिय क्षेत्रका स्थानीय, यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबार राति परेको अवरिल वर्षाले सोही क्षेत्रका मध्यपहाडी लोकमार्गको केही भाग पहिरोले बगाएको छ ।

तस्बिर : बडिगाड गाउँपालिका 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung