लायन्स क्लब अफ धौलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ सिटि र लियो क्लबको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बानपा-३, कैलाम पोखरीमा आयोजना गरिएको कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती थियो।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजनकुमार शाक्यले वृक्षारोपणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। उनले वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताए।
कार्यक्रमका बारे विस्तृत जानकारी क्लबका प्रथम उपाध्यक्ष जयराम भारीले गराएका थिए। कार्यक्रममा लियो क्लबका अध्यक्ष भगवान थापाले मन्तव्य राखेका थिए।
क्लबका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता रहेको कार्यकमको संचालन सचिव गणेश महत्तोले गरेका थिए भने स्वागत मन्तव्य लायन्स क्लब अफ बागलुङ सिटिकी अध्यक्ष दिपाकुमारी जिसिको रहेको थियो।




















































































































































































































