१५ कार्तिक २०८३, शनिबार

 

कांग्रेस महामन्त्री कोइराला चढेको कार बाढीमा फस्यो

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको कार बागमती सडकमा फसेको छ । अविरल वर्षासँगै संकलन भएको पानीमा कोइरालाको कार फसेको हो ।

त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जान लागेका कोइरालाको गाडी टेकुपुलमानि फसेको हो ।

उनी आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । वर्षाले काठमाडौं उपत्यकाभित्र सवारी आवागमनमा खासै समस्या नरहे पनि बागमती नदी करिडोरमा भने समस्या देखिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung