४ जेष्ठ २०८१, शुक्रबार

 

इङ्ल्यान्डलाई पहिलोचोटि विश्वकप

इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणको विजेता बनेको छ । लन्डनमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा हराउँदै इङ्ल्यान्डले पहिलोपटक विश्वकप उचालेको हो ।

यसअघि सन् १९७९, १९८७ र १९९२ का संस्करणमा फाइनलमा पुगे पनि टोली पराजित भएको थियो । अहिलेसम्म विश्वकप नजितेको न्युजिल्यान्ड पनि सन् २०१५ को फाइनलमा अस्ट्रेलियासँग हार्दा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो।

आइतबार लडर््स मैदानमा न्युजिल्यान्डले पहिला ब्याटिङ गर्दै २४१ रन बनायो । जवाफमा इङ्ल्यान्डले पनि ५० ओभरमा अलआउट हुँदै २४१ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पनि खेलले नाटकीय रूप लियो । इङ्ल्यान्डले १५ रन जोड्दै न्युजिल्यान्डलाई १६ रनको लक्ष्य दिएको थियो ।

जवाफमा न्युजिल्यान्डले १५ रन नै बनायो । तर बढी बाउन्ड्री प्रहार गरेका आधारमा इङ्ल्यान्ड विजयी घोषित भयो । खेलभरिमा इङ्ल्यान्डले २४ बाउन्ड्री प्रहार गर्दा न्युजिल्यान्डसँग १६ बाउन्ड्री मात्र थिए ।

 

प्रतिक्रिया दिनुहोस्