आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा।लिद्वारा प्रवर्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकमाझ ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्समा ५%, ल्युबमा १०%, लेबर शुल्क, ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।
फ्रि चेकअप क्याम्प दौरान ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअपसहित अन्य फाइदाहरु हुनेछन् ।
यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद्र ०५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
३ वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रा।लिले देशभर १४ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।














































































































































































































