लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको वर्ष २०१९/२० को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष एमजेएफ अनुप रिजालले वर्ष २०१९/२० का अध्यक्ष दल थापालाई पद हस्तान्तरण गरे । त्यस्तै २०१८/२०१९ का सचिव नारायण आचार्यले वर्ष २०१९/२०२० का सचिव विप्लव शर्मालाई र वर्ष २०१८/२०१९ कोषाध्यक्ष विप्लव शर्माले २०१९/२०२० का कोषाध्यक्ष बलराम गौतमलाई पद हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अफ कालीगण्डकीका वर्ष २०१८/२०१९ अध्यक्ष एमजेएफ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ बागलुङका चार्टर प्रेसिडेन्ट पिआरओ दुर्गा कुँवर, लायन्स क्लब अफ बागलुङका अध्यक्ष युक्तप्रसाद सुवेदीलगायतले क्लबले एक वर्षको अवधिमा गरेका सामाजिक कार्यको प्रशंसा गरे ।
कार्यक्रममा लायन्स क्लब अफ कालीगण्डकीका द्वितीय उपाध्यक्ष गणेशदत्त पौडेलले मन्तव्य राखेका थिए । वर्ष २०१८/२०१९ का अध्यक्ष रिजालले आफ्नो कार्यकालमा क्लबले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गरेको बताए । उनले वर्षभरिका कामको प्रगति विवरण प्रस्तुत गर्दै सबैको उल्लेख्य सहयोग पाएको जनाए ।
लायन्स क्लब अफ कालीगण्डकीका प्रथम उपाध्यक्ष श्यामप्रसाद शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वर्ष २०१८/२०१९ का सचिव नारायण आचार्य र वर्ष २०१९/२०का सचिव विप्लव शर्माले गरेका थिए ।




















































































































































































































