९ कार्तिक २०८३, आईतवार

 

ग्लोबल आइएमई बैंकद्वारा छात्रवृत्ति कोष स्थापना गर्न २ लाख

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनाका लागि २ लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार एक कार्यक्रमबीच बैंकका सहायक महाप्रबन्धक आरती राणाले समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिन् ।

कार्यक्रममा राणाले आर्थिक तथा सामाजिक विकासमा शिक्षाको भूमिका महत्वपूर्ण हुने भन्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरिन् ।

समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकम शैक्षिक छात्रवृत्ति कोष स्थापनामा प्रयोग गरिने बताए । त्यसबाट प्राप्त ब्याजबाट चण्डेश्वरी उच्च माविमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति दिइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung