अशोक लेलैन्डका सवारीसाधन किन्न ग्राहकले आइसिएफसी फाइनान्स लिमिटेडबाट कर्जा सुविधा पाउने भएका छन् ।
आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्धित अशोक लेलैन्ड र फाइनान्सबीच यस्तो सम्झौता भएको हो ।
सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । सम्झौताअनुसार कर्जा सुविधा लिन ग्राहकले आइएमई मोटर्सबाट सिफारिस लिनुपर्छ ।
यो सुविधाले आगामी दिन ग्राहकलाई कर्जा सुविधा लिन निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखले बताए । कर्जा सम्झौतासँगै दुई कम्पनीबीच सहकार्य गर्दै अघि बढ्ने सहमति पनि भएको छ ।













































































































































































































