८ कार्तिक २०८३, शनिबार

 

दार्चुलामा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलेले दार्चुलामा नयाँ शाखा सन्चालनमा ल्याएको छ। जिल्लाको महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित उक्त शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग वाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंहले संयुक्त रूपमा उद्घाटन गरे।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिंह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो ।

हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung