८ जेष्ठ २०८१, मंगलवार

 

राष्ट्रपति रनिङ सिल्डका विजयी पुरस्कृत

जिल्ला खेलकुद विकास समितिले आठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजयीलाई पुरस्कृत गरेको छ ।

प्रतियोगिताअन्तर्गत ४८ स्वर्ण, ४८ रजतसहित २ सय ९४ वटा पदकका लागि प्रतिस्पर्धा भएको थियो । खेलाडीहरूले गण्डकी प्रदेशदेखि केन्द्रीय तहमा पुगेर खेलेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलाडीलाई सम्मान गर्दै उनीहरूलाई भविष्यमा सम्मानित भएर बाँच्न सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले खेलबाट पनि राष्ट्रलाई चिनाउन सकिने धारणा राखे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्याय, सहायक प्रजिअ धीरेन्द्रराज पन्तलगायतले खेलक्षेत्रको सम्मान र राज्यको लगानी बढाउन सके खेलबाटै सफलता पाउन सकिने बताए । समिति अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, भीमसेन शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रपति रनिङ सिल्ड पनि प्रदान गरियो ।

प्रतियोगिताअन्तर्गत सिगाना मावि तित्याङ प्रथम र चिल्ड्रेन लाइफ मावि द्वितीय भएका छन् । सिगाना माविले १० स्वर्ण, ७ रजत र १ कांस्य जितेको थियो । चिल्ड्रेन लाइफले १० स्वर्ण, ३ रजत र ७ कांस्यपदक हात पा¥यो ।

प्रतिक्रिया दिनुहोस्