१५ कार्तिक २०८३, शनिबार

 

समावेशी आयोगका अध्यक्ष सुवेदीले गरे राजीनामा

सरकारले संबिधानमा व्कायवस्ठथा गरे अनुसार गठीत  राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा आयोगको अध्यक्ष नियुक्त भएका थिए। संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा बुझाएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung