आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्ड र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आइएमई मोटर्सका तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुरूप आइएमई मोटर्सको सिफारिसमा ग्राहकले अशोक लेलैन्डका गाडी खरिदमा बैंकबाट कर्जा सुविधा पाउनेछन् ।
यो व्यवस्थाले आगामी दिन ग्राहकलाई कर्जा सुविधा लिन निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरूले बताएका छन् । दुई कम्पनीबीच आगामी दिन अरू काममा पनि सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ ।













































































































































































































