सिद्धार्थ बैंक लिमिटेड, बागलुङ शाखाले बागलुङ नगरपालिका–९ तित्याङस्थित मनकामना माई मन्दिर प्रांगणमा वृक्षरोपण गरेको छ ।
बैंकको सामाजिक उतरदायित्वअन्तर्गतको एक कर्मचारी एक बिरुवा अभियानका क्रममा विभिन्न जातका रूखसँगै अलैंची, कागती र लिचीजस्ता फलफूलको बेर्ना रोपिएको शाखा प्रबन्धक सुजित भारीले बताए । पर्यावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उनको भनाइ छ ।
कार्यक्रममा बैंकका बागलुङ शाखाका कर्मचारी तथा मनकामना मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।




















































































































































































































