१५ कार्तिक २०८३, शनिबार

 

लायन्स–लियोद्वारा कालिका भगवतीमा वृक्षरोपण

बागलुङमा क्रियाशील लायन्स र लियो क्लबको सक्रियतामा कालिका भगवती मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ पञ्चकोट, लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, लायन्स क्लब अफ बागलुङ पिस जोन र लियो क्लब अफ बागलुङ र बागलुङ कालिकाको सक्रियतामा विभिन्न जातका फलफूल र अन्य बिरुवा रोपिएको हो ।

मन्दिर परिसरमा मिनी टाइगर, पारिजात, मसलालगायत १ सय २० भन्दा बढी बिरुवा रोपिएको लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेल गोपालले बताए ।

वृक्षरोपण शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले लायन्स क्लबहरू सामाजिक कार्यमा निकै सक्रिय रहेको र उनीहरूको समाजप्रति ठूलो योगदान रहेको बताए । क्षत्रीले वृक्षरोपणबाट मन्दिरको सौन्दर्य झनै उजागर हुने बताए ।

कार्यक्रममा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का, सम्पूर्ण क्लबका तर्फबाट लायन्स क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष गणेश लम्साललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष पौडेलको अध्यक्षता, लायन्स क्लब अफ बागलुङ पिसटाउनकी अध्यक्ष मीना जिसी कँडेलको स्वागत, लायन्स क्लब अफ बागलुङका अध्यक्ष विकास पौडेलको धन्यवाद मन्तव्य र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष दलबहादुर थापाको सञ्चालनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung