१५ कार्तिक २०८३, शनिबार

 

तमानमा पहिरो : ३ जनाको मृत्यु, ६ जना घाइते (अपडेट)

बागलुङ । तमानखोला गाउपालिकाको वडा नं ४ लाम्मेलामा पहिरोले घर पुरिँदा ३ जनाको  मृत्यु भएको छ ।

आइतबार राति २ बजे तिर गएको पहिरोलेले लाम्मेल ४ सन्दरका ५ घर पुरिएको हो ।

पहिरोले पुरिएर ज्यान गुमाएकी चन्द्रकुमारी श्रीपालीको शव बाहिर निकालिएको छ भने अन्य दुईजना असारी श्रीपाली र प्रवीण श्रीपालीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख  प्रहरी सहायक निरीक्षक समुन्त्र नेपालले जानकारी दिए ।

घटनास्थलमा प्रहरी आइसकेको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

पहिरोमा परेका ६ जनाको उद्धार गरिएको र उनीहरुलाई उपचारको लागि पठाउने तयारी भइरहेको अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung