१५ कार्तिक २०८३, शनिबार

 

तमानखोला पहिरो – मुख्यमन्त्री गुरुङद्वारा दु:ख व्यक्त

बागलुङको तमानखोला–४ लाम्मेलमा आइतबार राति ३ जनाको ज्यान जाने गरी पहिरो गएको घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वर्षायाममा जुनसुकै समय यस्ता विपत्ति आउन सक्ने भन्दै उनले पूर्वतयारीमा जुट्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

पहिरोले अन्य ७ जना घाइते छन् भने ६ घरमा पूर्ण क्षति पुगेको छ । करिब ३० मिटर माथिबाट खसेको पहिरो बस्तीसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung