१५ कार्तिक २०८३, शनिबार

 

मंसिर १४ मा यी ठाउँमा हुँदै छ उपनिर्वाचन

निर्वाचन आयोग आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुटेको छ । विभिन्न कारणले खाली भएका केन्द्रदेखि स्थानीय तहसम्मका स्थानमा आयोगले उपनिर्वाचन तयारी थालेको हो ।

आयोगका अनुसार उपमहानगरप्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ ।
उपनिर्वाचनको मिति घोषणा भएको दिन साउन १६ सम्म १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने आयोगले जनाएको छ ।

यसका साथै आयोगको साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung