बेनी नगरपालिका-३ हल्लेगौडामा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी जिपमा सवार १४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको जिप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह दुर्घटना भएको हो।
घाइतेहरुको उद्धारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।



















































































































































































































