पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
कोइरालालाई ६ लाख ७५ हजार घुसबापतको रकमसहित दरबारमार्गस्थित शेर्पा मलबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
आयोगका अनुसार कोइरालाले काठमाडौंस्थित कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भनी घुस रकम बुझेका थिए । यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



















































































































































































































