सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मत्यु भएको छ। दुर्घटनामा परेका १६ जनाको उद्धार गरिएको छ ।
त्यस्तै दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी छन् भने अन्य तीन जनाको सनाखत हुन सकेकाे छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार उद्धार गरिएका यात्रु भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्।
घाइतेको धादिङस्थित स्वास्थ्य संस्था र ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरु सर्लाही जिल्ला गमहरिया नपा–८ का ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ का ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ का १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ल्ला हरिपुर नपा–९ का अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ का ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ का ४२ वर्षीय भिरेन्द्र ठाकुर रहेका छन् ।
काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेकाहरुमा भारत सीतामणिका ४० वर्षीय धिरेन्द्र ठाकुर, सर्लाही कविलास गापा–४ का ३२ वर्षीय विजय यादव, सर्लाही हरिपुर गापा–४ का २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही मलङ्गवा नपा–११ का १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही विष्णु गापा– ५ का २१ वर्षीय कुश रन्जम महतो, सर्लाही ब्रह्मपुरीका १६ वर्षीया श्वेता रौनियार, सर्लाही हरिपुरका बस चालक ४० वर्षीय जीवन विक, सर्लाही ब्रह्मपुरी–६ का २२ वर्षीय राकेश बैठा र अन्य दुई जनाको नाम खुलेको छैन ।
ना ६ ख ७४६९ नंको बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको हो।



















































































































































































































