३ श्रावण २०८३, आईतवार

 

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच कर्जा सम्झौता

आइएमई मोटर्स प्रालिद्वारा प्रवर्धित अशोक लेलैन्डका गाडी खरिदमा उपभोक्ताले रिलायन्स फाइनान्स लिमिटेडबाट ७० प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सका भाइस प्रेसिडेन्ट इमरान ए खानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सुविधाले आगामी दिन ग्राहकहरूलाई गाडी खरिदमा कर्जा सुविधा पाउन निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरूले बताए । कर्जा सुविधा मात्र नभई दुई कम्पनीबीच सहकार्य गर्दै अघि बढ्ने सहमतिसमेत भएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारीका अवसर सिर्जना गर्न ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung