काठमाडौंबाट सिन्धुली जाँदै गरेको एक यात्रुवाहक बसले भक्तपुरको गट्ठाघरमा अन्य तीन बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भई सोही दिशातर्फ गइरहेका बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१८५ नम्बरका बसलाई ठक्कर दिएको हो ।
घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चारै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग गट्ठाघरकोे नियन्त्रणमा छन् । ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका–६ का दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



















































































































































































































