१५ कार्तिक २०८३, शनिबार

 

लोकसेवा विज्ञापनविरुद्ध जनजाति महासंघको प्रदर्शन

तस्बीर : फाइल

लोक सेवा आयोगले स्थानीय तहका लागि प्रकाशित गरेको विज्ञापनको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले विरोध जारी राखेको छ । आईतबार राजधानीमा विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले जनजाती महासँघका सर्मथकलाई गिरफ्तार गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा भद्रकालीमा विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा संविधानप्रदत्त समानुपातिक समावेशी सिद्धान्तको सुनिश्चितता गर्न माग गर्दै नाराहरु लगाइएका थिए । संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत विज्ञापन निकालिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। विज्ञापन समावेशी नभएको ठहरसहित आदिवासी जनजातिले विज्ञापन रोक्न माग गरेका छन्।

आरक्षण सुनिश्चित हुने गरी विज्ञापन पुनः प्रकाशित गर्न माग गरिएको छ। सरकारले भने कुनै हालतमा पनि विज्ञापन रद्द नगर्ने अन्तिम पटक भन्दै यसै विज्ञापनलाई कायम गरेर करिब १५ हजार कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडी बढाएकाे छ । जनजनती महासँघका प्रतिनिधिले प्रर्दशन जारी राखेका छन । त्यही क्रमलाई निरन्रतरता दिने क्रममा आईतबार भद्रकालीमा गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। सिंहदरबारको पश्चिम गेटतर्फ बढेको र्‍यालीलाई प्रहरीले रोकेको हो। निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung