१५ कार्तिक २०८३, शनिबार

 

सुनको मूल्य प्रतितोला ७१ हजार

गत बिहीबारदेखि स्थिर रहेको सुनको भाउ आज बढेको छ। बिहीबार तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । बिहीबार प्रतितोला ८२५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य तोला १० रुपैयाँले बढेर प्रतितोला ८३५ रुपैयाँ पुगेको हो ।

सुनको भाउ बढेसँगै कारोबार भने घटेको व्यवसायीहरुले बताएका छन् । सुन किन्नेभन्दा बेच्ने बढी रहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung