पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत पूर्वी नवलपरासीको अरूणखोला पुलमा बुधबार बिहान ४ बजे ट्रक दुर्घटना हुँदा पुलमा क्षति पुगेपछि राजमार्ग अवरुद्ध हुन पुगेको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल करीब दुई मिटर तल लच्किएको र पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नमिल्ने भएको छ । पुल मर्मत नगरी आवत जावत सुचारु हुन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी गराए ।
बिहान पुलमा क्षति पुगेपछि अहिले राजमार्गमा सावरीसाधनहरुको लामो लाइन लागको छ। पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरेर आवागमनलाई सुचारु गरिरहेको प्रहरीले जनाएको छ ।
तस्बिर: सामाजिक संजालबाट



















































































































































































































