४ जेष्ठ २०८२, आईतवार

 

बागलुङमा विपन्नका लागि ‘कपडा बैंक’ संचालन

सदरमुकाम बागलुङ बजारमा सञ्चालित कपडा बैंकमा लिन दिन जम्मा भएका स्थानीय

राजधानीकाे अनामनगरबाट  शुरू भएकाे कपडा बैंककाे अभियान बागलुङसम्म आईपुगेको छ । ओशो अमृतम ध्यान केन्द्र बागलुङले  विपन्नका लागि लक्षित गरी शुरु गरेकाे अभियान जिल्लामा पहिलोपटक संचालन भएकाे हाे ।

बैंकमा पुनः प्रयोग गर्न मिल्ने पुराना सामानहरु स्वतस्फुर्त रुपमा लिएर राख्न र आवश्यक पर्नेले लैजान सक्नेछन् । लगाउन या प्रयोग गर्न छोडेका पुराना कपडा, विद्युतिय उपकरणलगायतका सामग्री संकलन गरी गरिब, विपन्न, दीनदु:खीलाई नि:शुल्क उपलब्ध गराउने उद्देश्यले केन्द्रले उक्त अवधारणा ल्याएको जनाएकाे छ ।

अमृतम ध्यान केन्द्र बागलुङकी अध्यक्ष लिला खड्काले अभियानले केही हदसम्म अभाव अन्त्य गर्ने विश्वास लिएकाे बताइन । बैंक जिल्ला प्रशासन कार्यालय बागलुङ नजिक रहेको ज्ञानोदय बौद्ध बिहारमा संचालन गरिएको छ ।

दैनिक घरमै प्रयोग हुने सामाग्री र हाम्रो जिवनको अति उपयोगी सामानहरु पनि रहने गर्छन् । खड्काले भनिन् ,’काम लाग्ने सामानहरु घरमै भएर पनि प्रयोग नभएको र यतिकै थन्काइएको अवस्था धेरै हुने गर्छ,’ पुराना बोझ जस्ता बनेका सामानहरु फोहोरमा फाल्नु भन्दा यो बैंकमा ल्याएर दिए कसैको लागि उपयाेगी हुनसक्छन् ।’

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung