१४ कार्तिक २०८३, शुक्रबार

 

जापानकाे तीज कार्यक्रमबाट संकलित रकम गल्काेटकाे समाजसेवामा

फाइल तस्बिर

पछिल्लो समयमा जापानलाई कर्मथलो बनाउने गलकोटबासीले तीजकाे अवसरमा हुने फजुल खर्च कटाैती गरी आफ्नाे स्थानकाे समाज सेवाका लागि संकलन गर्ने भएका छन । गलकोट समाज जापानले यस्ताे निर्णाय गरेकाे हाे ।

जापानमा रहेपनि संस्थामार्फत गलकोटबासीको हक, हितका साथै सामाजिक कार्यका लागि उनीहरू सकृय रहँदै आएका छन् । यसै सिलसिलामा गलकोट समाज जापानले हरितालिका तीजको अवसर पारेर तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेर संकलित रकम गाउँठाउँमा पठाउने भएकाे छ ।

सन् २००६ देखि जापानमा कृयाशिल रहँदै आएकाे संस्थाले स्थापनाकालदेखि नै गलकोटमा हुने मेला महोत्सव देखि आपदविपद् परेका बेला आर्थिक एवं भौतिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारका साथै जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहने भएकाे छ ।

संस्थाले प्रत्येक वर्ष तीज पर्वमा कार्यक्रम गर्दै आइरहेकोमा यस वर्षको तीज कार्यक्रम जापानको राजधानी शहर टोकियोमा सेप्टेम्बर २ मा आयोजना हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए । उनले कार्यक्रममा संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको बताए । कार्यक्रममा सह-आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लब टोकियो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung