३ श्रावण २०८३, आईतवार

 

‘नाडा अटो शो’ भदौ १० गतेदेखि, ७५ हजारले अवलोकन गर्ने अनुमान

फाइल तस्बिर

सवारीसाधन प्रदर्शनी तथा यससँग सम्बन्धित व्यवसायीहरुको मेला ‘नाडा अटो शो’ भदौ १० देखि १५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ। यो नाडा अटो शोको १४ औँ संस्करण हो।

शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।  प्रदर्शनीमा अन्तराष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै सम्बन्धीत व्यवसायी, ग्राहकहरु तथा सेवा प्रदायकहरुको सहभागिता रहने आयोजनको भनाई छ।

उक्त शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी हुँदै छन्।

६ दिनसम्म चल्ने शोमा ७५ हजार मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung