१५ कार्तिक २०८३, शनिबार

 

रवि लामिछानेकाे फाइल सरकारी वकिलकाे कार्यालयमा

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी न्युज २४का टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध मुद्दा दर्ताका लागि प्रहरीले अनुसन्धानको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल पुगेको छ ।

सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको शर्माले जानकारी गराए ।

१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई सुम्पिएको छ।

चितवनको हिरासतमा रहेका रवि लामिछाने, ुरुकुु भनिने अस्मिता कार्की र युवराज कँडेललाई भने प्रहरीले जिल्ला अदालत पुर्‍याएको छ। जिल्ला अदालतमा मुद्दा दर्ता हुन सक्ने भएपछि रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका छन्।

उनी विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ। उक्त अभियोगमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ।

आरोपपत्र दायर भएका उनीहरुको बारेमा थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि आजै सुनुवाई माग गर्ने तयारी रवि पक्षका कानुन व्यवसायीले गरेका छन्। रविलगायत तीनै जना आजै हिरासतमुक्त हुनका लागि आजै बयान गराई थुनछेक बहस हुनुपर्नेछ। त्यसो हुन नसकेमा उनीहरु न्यायिक हिरासतमा बस्नुपर्ने हुन्छ।

कार्यक्रम सिधा कुरा जनतासँगुका प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung