१५ कार्तिक २०८३, शनिबार

 

रवि लामिछानेसहित ३ नै जना रिहा

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अस्मिता कार्कीलाई साधारण तारेखमा छोडेको हाे ।
थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो।

सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung