३ श्रावण २०८३, आईतवार

 

भृकुटीमण्डपमा ‘नाडा अटो शो २०१९’ सुरु

नेपालीहरुको महान चाडको पूर्वसन्ध्यामा ५ दिने ‘नाडा अटो शो २०१९’ शुरु भएको छ ।  नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वरा आयोजना गरिएको ‘नाडा अटो शो २०१९’ आजबाट भृकुटीमण्डपमा शुरु भएको हो ।

मेलाको सोमबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै खतिवडाले चाड–पर्वको पूर्वसन्ध्यामा आयोजना भएको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैलाई लाभ मिल्न बताएका छन् ।

सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १४ औं संस्करण ‘नाडा अटो शो २०१९’ शुरु गरिएको आयोजकले बताएको छ ।

संस्करणमा पनि शीर्ष प्रायोजक (Title Sponsor) सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजलेगरी रहेको बताइएको छ ।

‘के हो नाडा शो’
अटो शोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउँछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन् । यसले पनि नाडा अटो शो आफैंमा एउटा ब्रान्डको रुपमा नेपाली बजारमा स्थापित भइसकेको छ ।

नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र  सवारीजन्य उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदै आएको छ । सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न उपहार योजनाहरु पाइने हुँदा यो नै उपयुक्त समय मानिन्छ । यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भमेला भनिएको हो ।

नाडा सोमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्रा्ष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागितासमेत छ ।
प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता छ ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा राखिएको छ । करिब ७५ हजार उक्त मेला अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung