१५ कार्तिक २०८३, शनिबार

 

पर्वतमा बस दुर्घटना, ५ जना घाईते

पर्वतमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । कुश्मा देखी बागलुङ जाँदै गरेको ग १ ख ८२५२ नम्बरको बस कुश्मा नगरपालिका-२ छमर्केमा दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका हुन् ।

आज विहान करिब ८ बजेको समयमा बस अनियन्त्रित भई सडक छेउको सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सो दुर्घटनामा चालक कुश्मा नगरपालिका-२ छमर्के निवासी २५ वर्षिय श्याम खड्का, कुश्मा नगरपालिका-२ का २६ वर्षिय यम शर्मा, सोही स्थानका २० वर्षिया सविना शर्मा, उनकी डेढ वर्षकी छोरी सजिना शर्मा र बागलुङ नगरपालिका ७ ढिकीचौरका ५४ वर्षिय प्रेम शर्मा घाईते भएका छन् । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung