नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालकोे आयोजनामा मंगलबारदेखि ‘नाडा अटो शो–२०१९’ शुरु भएको छ । नेपालीहरुको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको अटो शो मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना भएको हो ।
१० गतेदेखि १५ गतेसम्म ६ दिन चल्ने अटो मेलामा नेपालमा उपलब्ध सानादेखि ठूला र सस्तादेखि महँगा गाडी प्रदर्शनीमा राखिएका छन् । जहाँ अटो खरिदकर्ताहरुले सहजरूपमा रोजी रोजी र बार्गेिनङ गरी विभिन्न कम्पनीका सवारीसाधन किन्न पाउछन् । नाडा अटो शोको आयोजनामा विभिन्न कम्पनीका गाडी राखिएको छ ।
नाडा अटो शोमा हुण्डाईका गाडीमा दर्शकहरुको बढी क्रेज देखिएको छ । हुन्डाई ब्रान्डमा धेरैको विश्वास र आकर्षण रहँदै आएको छ। हुन्डाई नेपालमा सर्वाधिक बिक्री हुने गाडीको अग्रणी सूचीमा छ । हुण्डाई गाडीको नेपालको अधिकृत बिक्रेताको रुपमा लक्ष्मी इन्टरकन्टिनेटल रहेको छ।
हाल आयोनिक र कोना गरी दुई विद्युतीय गाडी पनि बेचिरहेको कम्पनीको नाडा अटो शोमा क्रेटा, टक्सन, भर्ना, सान्ट्रो, आई-टेन, आई ट्वान्टी लगायतका गाडीहरु प्रदर्शनमा राखिएका छन्।
हुन्डाई
भेन्यु
नाडा अटो शोमा हुन्डाईले नयाँ मोडलको कारको रूपमा भेन्युलाई प्रर्दशनमा राखेको छ । १२ सय सीसी इन्जिन क्षमतामा उपलब्ध भेन्यु म्यानुअल अप्सनमा उत्कृष्ट एसयूभी कार हो । उक्त कारमा आधुनिक फिचर्ससहित अतिरिक्त सेवा सुविधामा समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।
१.२ लिटर पेट्रोल इन्जिन युक्त भेन्यु स्पोर्ट युटिलिटी भेहिकल ‘एसयूभी’ अन्तर्गत छ। यसमा पाँच सीट क्षमता रहेको छ भने पाँच स्पीड म्यानुअल गियर छ।
१२ सय सीसी भेन्युको अधिकतम पावर १२० पिएस/६००० रिभोलुसन पर मिनेट(आरपिएम) रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडीको अधिकतम टर्क पावर ९० पिएस/४००० आरपिएम छ।अगाडि डिस्क र पछाडी ड्रम ब्रेक रहेको गाडीको फ्युल ट्यांक क्षमता ४५ लिटर रहेको कम्पनीले जनाएको छ।
हुण्डाई कम्पनीका डिलरसीप प्रमुख दिवाकर रेग्मीका अनुसार अनुसार हुण्डाइ भेन्युको सुरुवाती मूल्य ३४ लाख ९६ हजार रुपैयाँ छ। भेन्यु पेट्रोल भेरियन्ट एसको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ, एस टर्बौ ४१ लाख ९६ हजार रुपैयाँ, एसएक्स ह्यास टर्बौको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ, एसडिसिटी टर्बौको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ, एसएक्स डिसिटी टर्बौको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ।
डिजल भेरियन्टको भेन्यु एसको मूल्य ४२ लाख ५६ हजार रुपैयाँ र भेन्यु एसएक्स ह्यासको मूल्य ४८ लाख ५६ हजार रुपैयाँ रहेको रेग्मीले बताए।
स्यान्ट्रो
त्यस्तै हुन्डाईल नै नाडा अटो सोमा अर्को कार स्यान्ट्रोलाई प्रदर्शनमा राखेको छ । जुन कार बजारमा केही समयअघि नै आएको हो । तर गत वर्षको अटो शोमा प्रदर्शन नगरिएको स्यान्ट्रोलाई यस वर्ष नयाँ शोको रूपमा प्रदर्शन गरिएको छ । स्यान्ट्रो ११ सय सीसी क्षमताको ह्याजब्याग सेग्मेन्टको कार हो ।
सान्ट्रो पहिलो उत्पादनको २० वर्षपछि फेरि परिष्कृत भएर आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।
नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस हुनुका साथै डिजाइनका हिसावले पनि निकै आकर्षक रहेको कम्पनी बताउँछ । गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छ । जसले गाडीलाई सुरक्षित बनाएको छ ।
गाडीमा १६५ एमएमको ग्राउन्ड क्लीयरेन्स छ । यसका कारण ग्राभल रोडमा पनि सान्ट्रो सजिलै चलाउन सकिने कम्पनीको दावी छ।
कोना
हुण्डाईले इलेक्ट्रिक कार कोनालाई समेत नाडोको अटो शोमा राखेको छ । कोना बजारले निकै रुचाएको र उत्कृष्ट इलेक्ट्रिक कार हो । जुन कार हुन्डाईले हालसालै मात्र नेपाल भित्र्याएको हो ।
यस्तै, कम्पनीले ग्रान्ड आइ –१०, आइ–२० एक्टिभ, क्रेटा, भेन्यु, टक्सन, स्यान्ट्रो, भर्ना र एक्सेन्ट गरी ९ मोडलको कार प्रदर्शनीमा राखेको कम्पनीले बताएको छ ।
कार खरिद गर्ने ग्राहककालागि गाडीको मोडलअनुसार छुट दिने कम्पनीले जनाएको छ । दशैं तिहारको अफर भएकाले १ वर्षको विमा, २० हजारदेखि माथि चिठ्ठा र लक्की ड्र मार्फत १० जोडीलाई दुबई भ्रमण र बम्परमा भेन्यु र स्यान्ट्रो कार एक–एक जनालाई उपहार दिने बताएको छ ।
डिलरसीप प्रमुख दिवाकर रेग्मीका अनुसार हुन्डाई उपभोत्ता माझ विश्वासिलो, ब्रान्ड रेकिङमा अगाडि, प्रयोगपछि बेच्दा उचित मूल्य पर्ने र आवश्यक सर्भिस पनि राम्रो भएकाले सबैको रोजाइमा रहेको उनको दाबी छ ।















































































































































































































