४ जेष्ठ २०८१, शुक्रबार

 

भुटानलाई हराउँदै नेपाल साफ यू–१५ फुटबलको फाइनलमा

नेपाल भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको अन्तिम खेलमा नेपालले भुटानलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जीतसँगै नेपालले च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।

नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे भने अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक-एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्