‘नाडा अटो सो’मा राखिएको सबैभन्दा महँगो बाइक बिक्री भएको छ । एमभी अगस्टाको लागि नेपालमा आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले ‘नाडा अटो सो २०१९’मा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँ रहेको बाइक बिक्री भएको हो ।
भदौ १० गतेदेखि भृकुटीमन्डपमा चलिरहेको ‘अटो सोे ’मा रहेको सबैभन्दा महंगो बाइक रुपमा रहेको ब्रुटाले ८०० आर–आर एलएच ४४ को बाइक बिक्रीका लागि बुकिङ भएको हो ।

कम्पनीका अनुसार बाइक किन्ने काठमाडौंकै भएको बताइएको छ । तर नाम उल्लेख भने गरिएको छैन । बाइक बुकिङ गर्ने मान्छेले २० प्रतिशत रकम कम्पनीलाई बुझाइसेकेका छन् । यसै हप्ता कम्पनीले उक्त बाइक ती व्यक्तिलाई दिँदै छ ।
कम्पनीले अटो सोमा सार्वजनिक गरेको यो बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र उत्पादन गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । सोही बाइक ‘अटो सो’मा राखिएको थियो ।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरणसहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्ने क्षमता छ । यो बाइक ब्ल्याक, रेड र ह्वाइट पेन्ट सेममा उपलब्ध हुनेछ । कार्बन फाइबर कम्पोनेन्ट दिइएको छ भने, क्रेमिक बेस कोटिंग गरिएको छ ।
यसमा उपलब्ध ब्रेक, क्लच लिभर, फ्लुड रिजर्भर क्याप, लाइटवेट अलोय बिलेट कार्बन फाइबरबाट बनेको कम्पनीले जनाएको छ । यसै कम्पनीका ५२ लाखदेखि ६० लाखसम्म मूल्य पर्ने २२ वटा बाइक नेपालको सडकमा गुडिरहेको कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :













































































































































































































