१५ कार्तिक २०८३, शनिबार

 

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ ।  वर्षाका कारण बढेको सुन्द्रावती खोलाले बा १९ च ४३९० नम्बरको कार बगाउँदा त्यसमा सवार तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

घटनामा परी कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung