१५ कार्तिक २०८३, शनिबार

 

जिउँदै गाई पुर्दै गरेको अवस्थामा भेटियाे, पुर्ने मान्छे फरार ( भिडियोसहित)

नुवाकोटको विदुर नगरपालिका–४ मा जिउँदै पुर्दै गरिएको गाईको उद्दार गरिएको छ ।

जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् ।

नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।

बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।

गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

भिडियाे हेर्नुहाेस्

https://www.facebook.com/lahure.lahure.33/videos/754566051658902/

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung