शिव शक्ति अटोमोबाइल ,बागलुडले दशै तिहारलाई केन्द्रीत गरेर बजाज मोटरसाइकलमा नयाँ अफर ल्याएको छ ।उपभोक्तालाई सहज ढंगले आधुनिक सुविधा दिनमा केन्द्रीत शिव शक्ति अटोमोबाइलले चाड पर्वको उपलक्ष्यमा यो योजना ल्याएको शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहले नयाँ विश्वलाई बताए ।
विभिन्न मोडेलको नयाँ बजाज मोटरसाइकल खरिदमा उपभोक्ताले न्युनतम ७ हजार छुट पाउँछन ।यो योजना अन्तर्गत हेलमेट ,लेगार्ड र ल्यापटप ब्याग निशुल्क पाउँछन ।विभिन्न बजाज मोटरसाइकल खरिदमा ७ हजारदेखि १ लाखसम्म लक्की ड बाट छुट पाउँछन उपभोक्ताले ।
हामीले ग्राहकको चाहाना अनुसार आगामी २३ गतेदेखि २७ गतेसम्म ब्राउन आइज रेष्टुरेन्टमा ठुलो एक्सेज अफरको कार्यक्रम आयोजना गदैछौ शाहले जानकारी दिए।
शिव शक्ति अटोमोबाइलले २२ गते बिहान १० बजे आफनो शो रुम , रामरेखादेखि कुश्मा बजारसम्म मोटरसाइकल र्याली पनि आयोजना गर्दैछ ।।उपाभोक्तालाई घरदैलोसम्मै बजाज मोटरसाइकल बारे सहि जानकारी दिने उद्देश्यले हामीले दशै अगाडि यो कार्यक्रम आयोजना गरेको हो शिव शाहले नयाँ विश्वलाई जानकारी दिए ।













































































































































































































