शिवशक्ति अटोमोबाइलले मोटरसाइकलको उपभोक्तालाई सर्वसुलभ सेवा दिने उद्देश्यले घरदैलो र्याली आयोजना गरेको छ।बागलुड बजारको रामरेखामा रहेको शिवशक्ति अटोमोबाइलको शो रुपदेखि कुश्मा बजारको मुख्य ,मुख्य चोक र टोल परिक्रममा गरी र्याली बागलुड बजार समेत परिक्रममा गरी बजाज मोटरसाइकलको बारेमा प्रचार प्रसार गरेको थियो ।
हामीले गुणस्तरीय सामान उपभोक्ताको घरदैलोसम्म पुर्याउँन यो र्याली आयोजना गरेका हौ शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहले नयाँ विश्वलाई बताए ।
बजाज मोटरसाइकलको विभिन्न मोडेलमा के कस्ता विशेषताहरु छन ,दशै तिहारको चाडपर्व अफर के के छन , र एक्सचेन्ज सुविधाहरु के के छन भनेर आम उपभोक्तालाई सहि जानकारी दिने काम र्यालीले गरेको शाहले भने ।
आजदेखि बागलुड बजारको ब्राउन आइज रेष्टुरेन्टमा शिवशक्ति अटोमोबाइलले एक्सेज मेला आयोजना गरेको छ ।सो एक्सचेन्ज मेलामा कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटरको न्युनतम मुल्याकन ३० हजार र कुनै पनि मोटरसाइलको प्रचलित बजार मुल्याकन १५ हजारबाट शुरु हुने आयोजकले जनाएको छ ।
सो एक्सचेन्ज कार्यक्रममा नयाँ बजाज मोटरसाइकल खरिदमा नि : शुल्क हेलमेट ,बाइक कभर ,ल्यापटप ब्याग र लेगार्ड पाइने व्यवस्था गरिएको छ । सो सेवा २७ गतेसम्म ग्राहकले पाउँने छन ।













































































































































































































