१५ कार्तिक २०८३, शनिबार

 

गौरादह नगरपालिका र सहारा नेपाल सहकारीमा बम विष्फोट, शंकास्पद दुई पक्राउ

झापाको बिर्तामोड नगरपालिका – २ चारपानेस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति करिब ११:३० को समयमा बम विष्फोट भएको छ । सहकारीको चौकीदार बस्ने घरमा शक्तिशाली कुकर बम विष्फोट भएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

‘बमभएको थाहा पाएर प्रहरीलाई खबर गरे, प्रहरी आएर सेनाको डिस्पोजल टोलीलाई बोलायो आउन नपाउँदै बम बिस्फोट भयो’ सहाराका सुरक्ष गार्ड त्रिलोचनले बताए ।

त्यसैगरी गौरादह नगरपालिकामा आज्ञात समूहले आइतबार राति १२:३० को समयमा बम विस्फोट गराएको छ । विस्फोटका कारण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको स्कोर्पियो गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बम विस्फोटको कारण कार्यालय परिसरमा राखिएको गाडी पूर्ण रुपमा क्षति भएसँगै प्रहरीले घटनास्थललाई सुरक्षित बनाएको छ । कार्यालय भित्र समेत अन्य शंकास्पद वस्तु हुन सक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिपोजल टोली बोलाएको बताइएको छ । दुवै ठाउँको क्षतिको विस्तृत विवरण आउनबाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा संम्लग्न भएको आशंकामा प्रहरीले दुई जनालाई आज बिहान ४ बजे नियन्त्रणमा लिएको छ । एकै समयमा दुवै तर्फ बम विस्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विस्फोट गराइएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । तर, घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत वम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung