८ जेष्ठ २०८१, मंगलवार

 

नेपाल उज्वेकिस्तानसँग पराजित

किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । आज (सोमबार) भएको खेलमा नेपाल बलियो टिम उज्वेकिस्तानसँग २-० ले पराजित भएको हो ।

नेपालले दुवै हाफमा १-१ गोल खाएको हो । खेलको ३४ औं मिनेटमा काराचिक लुडमिलाले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ५० औं मिनेटमा साफिना रुशानियाले गोल गर्दै उज्वेकिस्तानलाई २-० को जित दिलाईन् ।

नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । आजै हुने दोस्रो खेलमा किर्गिस्तान र ताजिकिस्तान भिड्नेछन् ।

हिजो भएको खेलमा नेपालले किर्गिस्तानलाई ८-२ र उज्बेकिस्तानले ताजिकिस्तानलाई १२-०  ले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्