४ श्रावण २०८३, सोमबार

 

बागलुङमा बजाज मोटरसाइकलको एक्सचेन्ज अफर शुरु

शिवशक्ति अटोमोबाइलको बजाज मोटरसाइकलको एक्सचेन्ज कार्यक्रम आजदेखि बागलुङ बजारमा शुरु भएकोछ । उक्त कार्यक्रममा प्रमुख अतिथि बागलुङ उघोग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारीले भने हामीले उपभोक्तालाई सहि जानकारी र सेवा दिने उद्देश्यले बजाज मोटरसाइकलको एक्सचेन्ज अफर ल्याएका छौ ।यसले मोटरसाइकलको प्रयोगकर्तालाई फाइदा गर्नेछ र नयाँ ग्राहकलाई बजाज मोटरसाइकलको विशेषताहरु बुझेर खरिद गर्न सहज हुनेछ  ।

कार्यक्रममा धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी ,यातायात व्यवस्था कार्यालय बागलुडको कार्यालय प्रमुख पारसिह थापा ले मन्तव्य दिएका थिए ।शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राम थापा अविरलले गरेका थिए ।

भाद्र २३ गतेदेखि २७ गतेसम्म एक्सचेन्ज कार्यक्रमबाट उपभोक्ताले मोटरसाइल एक्सचेन्ज गर्दा वा नयाँ मोटरसाइकल खरिदमा विभिन्न सुविधाहरु पाउँने आयोजकले जनाएको छ ।बा्रउन आइज रेष्टुरेन्टको सभा हलबाट उपभोक्ताले भाद्र २७ गतेसम्म सबै सेवा पाउँने शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहले नयाँ विश्वलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung