८ जेष्ठ २०८१, मंगलवार

 

गरिमा आवसिय माविलाई प्रथम गुराँस कप फुटसल उपाधि

गुराँस शिक्षा सदन बागलुङले पहिलो पटक आयोजना गरेको प्रथम गुराँस कप फुटसल प्रतियोगिताको उपाधि गरिमा आवसिय माविले जितेको छ ।बिभिन्न १३ बिद्यालयको सहभागीता रहेको गुराँस कप फुटसल प्रतियोगिताको शनिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा अमर आदर्श आवसिय माविलाई १ का बिरुद्ध २ गोलले पछि पार्दै गरिमा आवसिय माविले उपाधि चुमेको हो ।

दोस्रो चरणमा यु.एस. एकेडेमीलाई पराजित गरेको गरिमा बाई हुँदै सिधै फाइनलमा प्रवेश गरेको थियोभने अमर आदर्शले सेमिफाइनलमा आयोजक गुराँस शिक्षा सदनलाई ८–५ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

उपाधिसंगै गरिमाले नगद ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको अमर आदर्शले नगद ५ हजार ५ सय ५५ रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलबाट गुराँस बिद्या सदनका मोहन खड्का उत्कृष्ट खेलाडी घोषित भएभने खेल अवधिभर ११ गोल गर्दै अमर आदर्शका कमल पन्त उच्च गोलकर्ता खेलाडीको रुपमा घोषित हुनु भएको थियो । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई एक/एक हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा गुराँस शिक्षा सदनका सुजन खड्काले १० गोल गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले खेल स्वस्थ्य जिवनका लागि महत्वपूण भएकाले खेल क्षेत्रको बिकासका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय र फ्युचर व्राइटर बोडिङ स्कुलका प्रिन्सीपल तथा एन प्याव्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम गुराँस शिक्षा सदन व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र प्रिन्सिपल निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्