३० बैशाख २०८२, मंगलवार

 

केटीएम ७९० ड्युक बाइक लन्च हुँदै, मूल्य कति ?

केटीएम ७९० ड्युक बाइक २३ सेप्टेम्बरमा भारतमा लन्च हुने भएको छ । भारतमा सो बाइकको बुकिङ पनि शुरु भइसकेको छ ।

सो बाइक ३० हजार भारुले बुक गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा सो बाइक पहिले नै उपलब्ध रहेको छ । यसको लुक शार्प र अग्रेसिभ रहेको छ ।

केटीएम ७९० ड्युक बाइकमा ७९९ सीसी, ट्वीन सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा १०३ एचपीको पावर र ८००० आरपीएममा ८७ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसमा ४ राइडिङ मोड्स उपलब्ध रहेको छ । जसमा स्पोर्ट, स्ट्रीट, रेन र ट्रेक रहेको छ ।

केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । फ्रन्टमा ३०० एमएम ट्वीन डिस्क र रियरमा २४० एमएम डिस्क ब्रेक रहेको छ । सो बाइकमा २–च्यानल एबीएस उपलब्ध रहेको छ ।

सो बाइक हालको लागि भारतमा बीएस४ इन्जिनको साथमा लन्च गरिनेछ । यसको बीएस६ भर्सन बाइक अर्को वर्षमा मात्र लन्च गरिनेछ । केटीएम ७९० ड्युक बाइकको मूल्य लगभग ८ लाख भारु हुने सम्भावना रहेको छ ।

भारतीय बजारमा केटीएम ७९० ड्युक बाइकको यामाहा एमटी–०९, ट्रायम्फ स्ट्रीट ट्रिपल आरएस, डुकाटी मोन्स्टर ८२१, कावासाकी जेड९०० र सुजुकी जीएसएक्स–आर७५० बाइकसँग प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung